आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिदै

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार

पोखरा, १७ जेठ – चीनले आफ्ना देशका दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिने तयारी गरेको छ । जनगणनाले जन्म दरमा अत्यन्तै ह्रास आएको देखिएपछि चीनले यसप्रकारको अनुमति दिने तयारी गरेको हो ।
चीनले सन् २०१६ मा आफ्नो दशकौं पुरानो नीतिमा परिवर्तन ल्याउँदै एक सन्तान मात्रै जन्माउने पाउने ब्यवस्था बदलेर दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो । तर सन् २०१६ मा उक्त नीति ल्याइएपनि जनसंख्या बृद्धिदर घट्दै गएको छ । सन् १९७८ देखि २०२० सम्म चीनमा प्रति हजार जन्मदर मात्र सातदेखि आठको बीचमा रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पोलिटब्यूरो बैठकमा उक्त प्रस्ताब स्वीकृत गरेको बीबीसीले जनाएको छ ।
चीनले जनसंख्या बृद्धि दरलाई नियन्त्रण गर्न सन् १९७९ मा पहिलो पटक एक सन्तान नीति अपनाएको थियो । उक्त नीतिको बिरुद्ध दुई वा बढी सन्तान जन्माउने दम्पत्तीलाई जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउनुपर्ने वा गर्भपतन गराउनुपर्ने ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->