शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चीनले पायो दोश्रो खोपको स्विकृति, शतप्रतिशत प्रभावकारी !

चीनले पायो दोश्रो खोपको स्विकृति, शतप्रतिशत प्रभावकारी !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

काठमाडौं, १९ जेठ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मान्यता प्रदान गरेकाे चीनले उत्पादन गरेकाे दाेश्राे सिनोभाक खाेप शत प्रतिशत प्रभावकारी भएकाे दावी गरिएकाे छ ।

सिनोभाक खोप लगाएका मध्ये आधालाई लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यही अध्ययनका आधारमा डब्लुएचओले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।

डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको छ  । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने डब्लुएचओको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->