शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी

विश्व स्वास्थ्य संगठनले मंगलबार सिनोभ्याकलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

काठमाडौं, १९ जेठ – औषधि व्यवस्था विभागले चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताए ।

विश्व स्वास्थ्य संगठनले मंगलबार सिनोभ्याकलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो । ‘डब्लुएचओले अनुमति दिएपछि अब हामीलाई पनि अनुमति दिन सजिलो भयो’ उनले भने ।

डब्लुएचओले अनुमति दिइसकेपछि अब यो खोपलाई कोभ्याक्स संयन्त्रमार्फत प्रयोग गर्न बाटो खुलेको छ । ‘आपतकालिन प्रयोगका लागि अनुमति दिनु भन्नुको अर्थ सुरक्षा, प्रभावकारिता र उत्पादनको हिसाबले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्नु हो’ डब्लुएचओले भनेको छ ।

नेपालले यसअघि अर्को चिनियाँ खोप सिनोफार्मलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ । नेपालले यसअघि सिनोफार्म (भेरोसेल) सहित अस्ट्राजेनेकाको कोभिसिल्ड, भारत बायोटेकको कोभ्याक्सिन, रुसी खोप स्पुतनिक पाँचलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->