सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीमा सभामुखले लगाए सभासद गुरुङको बोलीमै ब्रेक

गण्डकीमा सभामुखले लगाए सभासद गुरुङको बोलीमै ब्रेक

अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार
गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङ ।

पोखरा, १९ जेठ – गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइएको छ । बुधबार विनियोजन विधेकय २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा सभासद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि सभामुखले उनको भनाई सदनको रेकर्डबाट हटाउने निर्णय गरेका हुन् ।

सभासद गुरुङले गएको वैशाख १३ गते बोलाइएको सदनमा अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम रहेकोमा कार्यसूचीमा परेको मतदानको कार्यक्रम किन रोकियो भन्ने प्रश्न गरे । सभासद गुरुङले सदनमा बोल्ने क्रममा भनेका थिए, ‘विद्धान माननीयज्यूहरुबाट नैतिकताको कुरा बारम्बार उठाएको छ, दुईदिनसम्म कुरा उठाएको छ । म नैतिकता, व्यवहारको बारेमा,इमान्दारितताको बारेमा प्रश्न उठाइदिने माननीयज्यूहरुलाई धन्यवाद दिन चाहन्छु । नैतिकताको मापन गर्ने यन्त्र भनेको जनताजस्तो लाग्छ मलाई । हामीले वैशाख १३ गते अविश्वासको प्रस्तावमा मतदान गर्न बोलाएको हैन ? किन बैठक बोलाएको माननीयज्यूहरु ? अविश्वासको प्रस्तावमा छलफल गर्न हैन, कार्यसूचीमा हालिसकेको विषय, कार्यसूचीमा आइसकेको कार्यक्रमलाई एकाएक सत्ता पक्ष वा सरकारले स्थगित गरेको हो ? सूचना टाँस गरेको हो ? के यसमा कार्यव्यवस्थामा बस्नेहरुले राजीनामा दिनुपर्दैन ? त्यो को–कोले राजीनामा दिनुपर्दैन, वैधानिकताको कुरा ..।’

सभामुख नेत्रनाथ अधिकारी

त्यत्तिकैमा सभामुखले सभासद गुरुङलाई नियमावली हेर्न निर्देशन दिएका थिए । सभामुखको निर्देशनपछि उनले आफ्नो कुरा विषयान्तर गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->