बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोभिड पोजेटिभ महिलाको आइसोलेसन सेन्टरमा सुरक्षित सुत्केरी

कोभिड पोजेटिभ महिलाको आइसोलेसन सेन्टरमा सुरक्षित सुत्केरी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७८, बिहिबार
कोरोना संक्रमित महिलाको जिल्ला अस्पताल लमजुङमा सुरक्षित रुपमा सुत्केरी गराइदै । तस्वीरः ढोरपाटन ।

पोखरा, २० जेठ- चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड पोजेटीभ गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन सफल भएका छन् । गण्डकी प्रदेशको लमजुङ जिल्ला अस्पताल र कास्कीको सार्दीखोला स्वास्थ्यचौकीका चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा सुत्केरी गराएका हुन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत सार्दिखोला स्वास्थ्यचौकी भूर्जुङ्खोलाका स्वास्थ्यकर्मीहरुले एकजना कोभिड पोजेटिभ गर्भवती महिलालाई सुरक्षीत साथ आइसोलेसन सेन्टरमा सुत्केरी गराउन सफल भएका छन् । स्वास्थ्य चौकीको अनुसार अहिले आमा र नवजात शिशु को स्वास्थ्य अवस्था सामान्य छ ।

सार्दिखोला स्वास्थ्यचौकीको आइसोलेसन सेन्टरमा गर्भवती महिलाको सुरक्षीतरुपमा सुत्केरी गराउदै ।

त्यसैगरी, जिल्ला अस्पताल लमजुङमा पनि कोरोना संक्रमित गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराइएको छ । स्त्री रोग बिषेशज्ञ डा.हेमादेवि छन्त्यालको नेतृत्वमा ३ जना नर्सिङ्ग कर्मचारीहरुद्वारा सुरक्षित रुपमा सुत्केरी गराइएको हो । उनलाई होम आईसोलेसनमा पठाईएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->