बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांसद पदमुक्त जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

सांसद पदमुक्त जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको दावी, आइतबारलाई पेशी तोकियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

पोखरा, २१ जेठ – गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ। उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्व अध्यक्ष भोजराज आचार्यले बहस गर्दैछन् । थापाले गणेश घिमिरेलाई वारेसनामा दिई रिट दर्ता गराएका हुन् ।

जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र गण्डकी प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका हुन् ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिदै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->