बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं, २१ जेठ –  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले शुक्रवार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ खुवाएकी हुन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् ।

यस्तो छ नयाँ मन्त्रिपरिषद :

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री

चन्दा चौधरी :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->