पोखरा, २२ जेठ– रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङले संयुक्त रुपमा फेवातालका डुंगा चालक मजदुरलाई राहत वितरण गरेका छन् । तलका ८ वटा घाटका १ सय १७ जना डुंगा चालकलाई रातह दिइएको द आर्ट अफ लिभिङ, गण्डकी प्रमुख नरेशबहादुर भट्टराईले जानकारी दिए ।
उनीहरुलाई १ बोरा चामलसहित दाल, चना, केराउ, नुन, तेल, मस्यौरा तथा स्वास्थ्य सामग्री स्यानिटाइजर, मास्क, साबुन लगायत जनही २५ सय बराबरको राहत सामग्री वितरण गरिएको हो । ‘उहाँहरुले सडक महोत्सवमा आयोजना हुने डुंगा दौड, रेवानले आयोजना गरेको फेवाताल सरसफाई लगायतका कार्यहरुमा हामीलाई सहयोग गर्दै आउनुभएको छ, यतिबेला उहाँहरु अफ्ठ्यारोमा पर्नुभएकाले राहत वितरणका लागि उहाँहरुलाई रोज्यौं,’ रेवान अध्यक्ष लक्ष्मण बरालले भने ।
फेवतालमा फिस्टेल घाट, अम्मट घाट, गौरी घाट, बाराही घाट, पहारी घाट, फेवा घाट, स्विमिङपुल घाट, बंग्लादी घाट गरी विभिन्न ८ वटा घाटबाट डुंगा व्यवसाय सञ्चालन हुन्छन् ।





