शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

उपमेयरमा ९९ मत पाएकी गुरुङ ओली सरकारमा राज्यमन्त्री

उपमेयरमा ९९ मत पाएकी गुरुङ ओली सरकारमा राज्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७८, आइतबार

पोखरा, २३ जेठ – स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा जम्मा ९९ मत प्राप्त गरेर पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया डंगोलसँग भएको प्रतिष्पर्धामा गुरुङले जम्मा ९९ मत प्राप्त गरेकी थिइन्

२०७४ सालको स्थानीय तहको चुनावमा विजयी भएकी एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत, निकटतम प्रतिस्पर्धी कांग्रेसकी रजनी थापाले ८ हजार ३६ मत, दीपक बानियाँले २ हजार ४७४ मत, राप्रपाका सुरज पाण्डेले ८६०, नेमकिपाकी रेबिना डंगोलले ६७४ मत पाएका थिए । संघीय समाजवादीकी गुरुङले ९९ र स्वतन्त्र उम्मेदवार रुपा कुमारी अधिकारीले २५ मत ल्याएका थिए ।

मधेसी जनअधिकार फोरमबाट उनी निर्वाचनमा होमिएकी थिइन् । उनै गुरुङलाई शुक्रबार प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाएका हुन् । त्यो पनि जनता समाजवादी पार्टी महन्थ ठाकुर र राजेन्द्र महतो समूहबाट ।

गुरुङलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले सांसद बनाएको थियो । तर उनले अहिले पछिल्लो समय गुट परिवर्तन गरेर मन्त्री बनेकी हुन् । यसलाई टोखाकी उपमेयर डंगोलले ‘मतको अपमान’ भनेकी छन् । ‘साना पार्टीले मान्छे नपाएर त्यसबेला उमेदवार बनाए,’ उनले भनिन्, ‘९९ मतमात्र पाएपनि उनैलाई सांसद बनाए अहिले मन्त्री बनाएछन्,’ उनले भनिन्, ‘नेता रिझाएर पद पाउने समय रहेछ । त्यसैले मलाई अनौठो लागेको पनि छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->