काठमाडौं, २४ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले लिखित रुपमा जवाफ दिने भएको छ । खनाल-नेपाल समुहको सोमवार वसेको स्थायी समिति वैठकले ओलीको प्रस्तावको लिखित रुपमा नै जवाफ दिने निर्णय गरेको हो ।
आफुहरु पार्टी एकताको पक्षमा रहेकाले ओलीको प्रस्ताव छलछामपूर्ण हो होइन्, त्यसको स्पष्टताका लागि लिखित रुपमा नै जवाफ दिने निर्णय भएको नेपाल पक्षका नेता युवराज ज्ञवालीले वताए । वैठकमा संसद विघटन गरेकाले ओलीले सच्याउनुपर्ने पनि नेताहरुले कुरा उठाएका थिए । हामीले बुँदा बुँदामा प्रस्तावको जवाफ दिनेछौ, नेता ज्ञवालीले भने. ‘जवाफ बरिष्ठ नेताहरुले तयार गर्ने कुरा भएको छ ।’





