शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको धौलागिरीमा भिडियो एक्सरे सेवा सुरु, गर्भवतीलाई सुविधा

म्याग्दीको धौलागिरीमा भिडियो एक्सरे सेवा सुरु, गर्भवतीलाई सुविधा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार
भिडियो एक्सरे सेवा लिदैं स्थानीय महिला । तस्वीर सौजन्य गाउँपालिका अध्यक्ष थमसरा पुन

बेनी, २६ जेठ – म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा शुरु गरेको छ । गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो । भौगोलिक रूपमा विकट बस्तीमा बसोबास गर्नेले स्वास्थ्य चौकीबाट लिने सेवा बाहेक भिडियो एक्सरे तथा अप्रेसशनका लागि दरबाङ र सदरमुकाम बेनी जानुपर्ने बाध्यतालाई मध्यनजर गरी भिडियो एक्सरे, अप्रेशन सहित ल्याबको स्थापना गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन् । ‘गाउँमै गुणस्तरीय सेवा दिने अभियानको एउटा प्रयास मात्रै हो,‘सकेसम्म उपचारका लागि बाहिर जान नपरोस् भन्ने लक्षय सहित सेवा र उपकरण थप्दैछौ’ अध्यक्ष पुनले भनिन् ।
अस्थायी कोरोना अस्पतालमा कार्यरत डा. एकराज भण्डारीले कोरोना संक्रमति बाहेक बस्तीबस्तीमै पुगेर सेवा दिइहरेको अवस्थामा गर्भवती महिलाले चेकजाँचमा भिडियो एक्सरे सेवा आवश्यकता रहेको बताएपछि थप गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना अस्पतालमा ल्याब प्राविधिक बासुदेब आचार्य र नर्स रुपा केसी कार्यरत छन् । गाउँपालिकाले नयाँ उपकरण थपसँगै प्रयोगका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम समेत दिने जनाएको छ ।
भिडियो एक्सरे सेवामार्फत गर्भवती आमा र बच्चाको अवस्थाबारे पत्ता लगाउन सजिलो हुन्छ । ग्रामिण क्षेत्रका महिलामा जनचेतनाको अभावका कारण गर्भवती भएको लामो समयसम्म स्वास्थ्य चौकीसम्म नजाने समस्याले आमा र बच्चाको मृत्युको जोखिम समेत रहेकोमा भिडियो एक्सरे सेवाले सहज हुने डा. भण्डारीले बताए । अब हरेक वडामा गर्भवती महिलाले भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे सजिलै जानकारी लिन पाउने डा. भण्डारीको भनाई छ । यसैबीच गाउँपालिकाका विभिन्न वडामा स्थायी घर भई काठमाण्डौमा बसोबास गर्ने उपकार आमा समूहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ लाख बराबरको औषधी सहित स्वास्थ्य साम्रागी सहयोग गरेको छ । आमा समुहमार्फत गरिएको उक्त सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष पुनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->