बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बादलपत्नी नैनकला संचारमन्त्री र खगराज गृहमन्त्री बन्दै

बादलपत्नी नैनकला संचारमन्त्री र खगराज गृहमन्त्री बन्दै

गृहमन्त्री बन्न लागेका खगराज अधिकारी एमालेवाट पहिला पनि मन्त्री भइसकेका गण्डकी प्रदेशमा ओली पक्षका पुराना नेता हुन् । 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार
खगराज अधिकारी

काठमाडौं, २७ जेठ – निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार (आज) गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहको तर्फबाट वादल पत्नि थापाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।
प्रधानमन्त्रीले आफ्नो मन्त्रिमण्डलमा सात जना मन्त्री थपेर आजै मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने युवा नेता विष्णु रिजालले वताए ।
बादलपत्नी थापा विगतमा महिला आयोगको अध्यक्ष थिइन् । बादलसँग उनको २०४० सालमा विवाह भएको हो । उनको माईती बागलुङ काठेखोला हो ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । थापासँगै पूर्वमाओवादी समुहको तर्फबाट ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।

एमालेको तर्फबाट नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वनराज्यमन्त्री हुने भएका छन् । गृहमन्त्री बन्न लागेका खगराज अधिकारी एमालेवाट पहिला पनि मन्त्री भइसकेका गण्डकी प्रदेशमा ओली पक्षका पुराना नेता हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->