मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि कारबाही

जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि कारबाही


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

पोखरा, २८ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो । प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गए ।

सर्वोच्चले एउटा खास काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->