मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी प्रदेश प्रमुखकहाँ जाँदै

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी प्रदेश प्रमुखकहाँ जाँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

पोखरा, २८ जेठ – बैकल्पिक सरकारका लागि गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै साँझ ५ बजे प्रदेश प्रमुख समक्ष उपस्थित हुन लागेको हो ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जना छन् । ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाले कृष्ण थापालाई कारवाही गरेपछि उनी आजै दोस्रो पटक पदमुक्त भएपछि प्रदेश सभा ५९ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->