
पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले दिएको समय सकिनै लाग्दा जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा छिरेका छन् । अहिले दिउसो साढे २ बजे उनी सरकारी गाडीमा प्रदेश प्रमुखको निवासमा छिरेका हुन् । थापा निवेदनका लागि प्रदेश प्रमुखको निवासमा पुगेको जनाइएको छ । थापा कुन विषयको निवेदनका लागि प्रदेश प्रमुखको निवासमा पुगेको हुन् जानकारी गराइएको छैन् ।
विपक्षीले ३१ सांसद सशरिर उपस्थित भएर शुक्रवार नै प्रदेश प्रमुख पौडेललाई दावी पेश गरेका थिए । प्रदेश प्रमुखले दिएको समय शनिवार दिउसो ३ बजे सकिदैछ । विपक्षी गठवन्धन भने आजै मुख्यमन्त्री सहित सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीका साथ प्रदेश प्रमुखको वोलावटको प्रतिक्षामा वसेको एक सांसदले जानकारी दिए ।





