मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई

ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार
डा. बाबुराम भट्टाराई

पोखरा, २९ जेठ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि  ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी गरेका हुन्। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं,  संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’, भट्टराईले लेखेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->