शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • ढोरपाटन सम्वाददाता
  • असार ९ २०७८, बुधबार

पोखरा, ९ असार– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी सहित विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्य मौसम बदली रही गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र प्रदेश १, प्रदेश २ ,बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राति देशभर सामान्य देखी पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->