पोखरा, १७ असार– गण्डकी सरकाका प्रवक्ता कुमार खड्काले आर्थिक वर्षको अन्त्यमा ‘नयाँ कार्यक्रम र रकमान्तर’ गरेको स्वीकारेका छन् । उनले नयाँ योजना र रकमान्तर बाढीपहिरो पीडित जनताको ज्यान बचाउनको लागि भएको जिकिर पनि गरेका छन् । रकमान्तरलाई अपराध र भ्रष्टाचारका रुपमा परिभाषित गरिँदा सकारप्रति अन्याय भएको उनको भनाई छ ।
‘मनाङमा, लमजुङको दोर्दीमा त्यस्तो (बाढीपहिरो) हुन्छ कि भनेर पहिलाको सरकारले बजेटमा त राखेको छैन’ मन्त्रालय पुगेका नेपाली कांग्रेस निकट पत्रकारहरुसँग बुधबार कुराकानी गर्दै उनले भने,‘अहिले त्यस्तो कार्यक्रमको बाहुल्यता छ ।’
उनले असल नियतका साथ जनतालाई अप्ठेरो परेको बेला नयाँ कार्यक्रम ल्याइएको दोहो¥याउँदै उनले अगाडि भने,‘ जनतालाई अप्ठेरो परेको छ । जाली किन्नु परेको छ,तटबन्ध गर्नु परेको छ । घर भत्किन लागेको छ, जाली दिए ढुंगा हामी हाल्छौँ लौन नि हजुर भन्दा असारमा बजेट ल्याउँछौँ, भदौमा अख्तियारी ल्याउछौँ असोजमा गर्नुहोला भनेर भन्दा त बाढीले त्यो कुरा बुझ्दैन । त्यसलै जनताको ज्यान र घर बचाउनको लागि थप बजेट र कार्यक्रम ल्याएर जनताको ज्यान बचाएकै हो ।’
उनले रकमान्तर गरेर गण्डकी सरकारले गलत ग¥यो भन्ने आरोप र सञ्चारमाध्यममा आएका समाचारको खण्डन पनि गरे । ‘लमजुङमा बाढीले घर भत्कँदै छ, भत्के भत्कोस् तर कानून मान्नुपर्छ । मनाङका जनता अस्पतालमा तड्पिरहनु पर्छ, त्यहाँको अस्पतालमा गर्भवतीले औषधि उपचार नपाएर मृत्यु भए होस् तर कानून मान्नुप¥यो भनेर हुन्छ र ?’उनको प्रश्न थियो ।
नयाँ कार्यक्रम र रकमान्तर गरिएको रकममा भ्रष्टाचार भएमा त्यसको नैतिक दायित्व गण्डकी सरकारकै हुनेमा सचेत रहेको बताउँदै उनले व्यहोर्नु पर्नेमा रकम चुहावटमा कडाइ गरिने जिकिर गरे ।‘हामीले पठाएका पैसा पैसाको सानो कतै चुहावट छ भने भन्नुहोस्’,उनले भने,‘१० लाखमा कसैले १ लाख २ लाख भ्रष्टाचार गर्छ भने, कतै चुहावट हुन्छ भने त बदनाम त गण्डकी सरकार हुन्छ नि ।’
उनले असारमा बनेको नयाँ सरकारसँगआफ्ना पनि नीति तथा कार्यक्रमहरु समावेश गर्नुपर्ने बाध्यता भएको स्वीकार्दै सरकार अर्को असारसम्म रहे रकमान्तर गर्ने अवस्था नआउने जिकिर पनि गरे ।





