पोखरा,१८ असार– पौडीका दुवाना लामा पाचौँ पोखरा स्पोटर्स अवार्ड वर्ष उदयीयमान खेलाडीबाट सम्मानित भएकी छिन् ।
१३ औँ सागमा २ रजत र तीन रिले तर्फ ३ कास्य जित्न सफल रहिन । अवार्ड सहित ३५ हजार रुपैँया सहित सम्मानपत्र र दोसल्ला सहित सम्मान रहेपनि लामा प्रशिक्षणका लागि हाल थाइल्याण्ड रहेकाले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्षले ग्रहण गरेका थिए ।
उनले लन टेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्रीलाई पछि पार्दै उक्त अवार्ड हात पारेकी हुन् ।





