बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

ओली र नेपालको रिस शान्त भएपछिमात्रै एकता: वामदेव

ओली र नेपालको रिस शान्त भएपछिमात्रै एकता: वामदेव


  • ढोरपाटन संवाददाता
  • असार २० २०७८, आइतबार

काठमाडौं, २० असार – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त भएपछि मात्रै पार्टी एकता सम्भव भएको बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय संसद् भवन नयाँ वानेश्वरमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताए ।
उपाध्यक्ष गौतमले भने, ‘दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्ति सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । म त्यसको लागि प्रयत्नशिल छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसँग बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ता काम लाग्नेवाला छैन । म यी दुइटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, त्यतातिर लागिरहेको छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->