बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ऋषिङमा पहिरोले १ बेपत्ता, बन्दीपुरमा बाढीले ६ घर बगायो

ऋषिङमा पहिरोले १ बेपत्ता, बन्दीपुरमा बाढीले ६ घर बगायो


  • विनोद ढुंगाना
  • असार २४ २०७८, बिहिबार

तनहुँ, २४ असार – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० बर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथीबाट पहिरो खस्दा पुरेको हो । सडकबाट पहिरो खसेको उनले बताए । ‘श्रृंगपथ तलबाट पहिरो खसेको हो’, उनले भने, ‘वेपत्ताको स्थानियले खोजी गरिरहेका छन् ।’
उता, बन्दीपुर गाउँपालिकामा बाढीले ६ घर बगाएको छ । बन्दीपुर–२ खहरेको खहरे खोलामा आएको बाढीले घर बगाएको गाउँपालिका अध्यक्ष पुर्णसिहं थापाले बताए । मानविय क्षति भने भएको छैन् । ‘त्यहाँको बस्ती उच्च जोखिममा भएकाले स्थानियलाई शिशु स्याहार केन्द्र र आमा समुहको भवनमा सारेका थियौँ । त्यसैले मानविय क्षति हुन पाएन्’, उनले भने । अघिल्लो हप्ताको बाढीले यहाँको २ घर बगाएको थियो । घरवार विहिन भएकालाई गाउँपालिकाले खाद्यन्न, लत्ताकपडा र त्रिपाल उपलब्ध गराईसकेको छ ।
यस्तै, पहिरोले गाउँपालिकाको मुख्य सडक डुम्रे–बन्दीपुर सडक पनि अबरुद्ध भएको अध्यक्ष थापाले बताए । १७ असारमा आएको बाढी पहिरोले बन्दीपुर गाउँपालिका–२ तामुङमा २ जनाको मृत्यु भएको थियो । गाउँपालिका क्षेत्रमा १८ घर पुर्ण क्षति भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->