बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कार्यदलमा भएन सहमती, विष्ट भन्छन: ‘भोली सुखद समाचार’

कार्यदलमा भएन सहमती, विष्ट भन्छन: ‘भोली सुखद समाचार’


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७८, शनिबार

काठमाडौं, २६ असार – नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । बैठक अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको थियो ।

बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ ।

‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ,’ विष्ट भने, ‘विश्वासको वातावरण बनेको छ । सुखद समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->