बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सर्वोच्च अदालतको फैसला आउने अघिल्लो साँझ एमालेमा १० बुुँदे सहमती

सर्वोच्च अदालतको फैसला आउने अघिल्लो साँझ एमालेमा १० बुुँदे सहमती

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । 


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७८, सोमबार

काठमाडौं, २७ असार – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने अपेक्षा गरिएको दिन २८ असारको अघिल्लो साँझ सत्तारुढ नेकपा एमालेको विवाद टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले १०बुँदे सहमति जुटाएको छ । यो सहमतिले आफूहरुले उठाउँदै आएको ६ बुँदे माग पुरा भएको नेपाल पक्षका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसाल बताए ।

यसैविच,, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । एमालेमा १० बुँदे सहमति भएको भोलिपल्ट नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको बताएका हुन् । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

के भनेका थिए थापाले ?

एमालेमा १० बुँदे सहमति भएलगतै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनर्स्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने दाबी गरेका थिए ।

उनले फेसबुकमा लेखेका थिए, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६– २३ = १२३ मात्र । सर्वाेच्चद्वारा न परमादेश, न पुनःस्थापना ! मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’

संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो मुद्दामा सुनुवाई सकिएको छ र, सम्भवतः भोलि फैसला आउनेछ ।

त्यसको अघिल्लो रात एमालेमा भएको सहमतिमा भने प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार हामी अगाडि बढ्ने छौं भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->