बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गैंडाकोट ६ का वडाध्यक्षसहित ८ जना किर्ते नागरिकता प्रकरणमा पक्राउ

गैंडाकोट ६ का वडाध्यक्षसहित ८ जना किर्ते नागरिकता प्रकरणमा पक्राउ


  • खगेन्द्र पराजुली
  • असार २८ २०७८, सोमबार

नवलपुर, २८ असार– झुटा विवरण पेस गरेर भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता सिफारिस गरेको आरोपमा नवलपुरको गैंडाकोटका एक वडाध्यक्ष र एक वडासदस्यसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र वडासदस्य पवित्रा सापकोटासहित आठ जना छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरि सोही कार्यालयले नागरिकता प्रकरणका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले बताए । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार, भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मियाँ हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्षसहित आठ जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->