बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हुप्सेकोटका १८ परिवारलाई सुरक्षित ठाउँमा राखियो

हुप्सेकोटका १८ परिवारलाई सुरक्षित ठाउँमा राखियो

पहिरोको उच्च जोखिममा रहेका १८ परिवारका ७१ जनालाई विद्यालय भवनमा राखियो ।


  • खगेन्द्र पराजुली
  • साउन २ २०७८, शनिबार
तस्विरः जिल्ला प्रहरी कर्यालय नवलपुरको सहयोगमा ।

नवलपुर, २ साउन– नवलपुरको हुप्सेकाट गाउँपालिका–५ को पहाडी क्षेत्रका पहिरो उच्च जोखिम बस्तीका १८ घरका ७१ जनालाई अस्थायी स्थानान्तरण गरिएको छ ।
निरन्तरको बर्षाका कारण स्थानीय खानीखोलामा आएको बाढीले बाघखोर गाउँको जमिन कटान गरि बस्ती रहेका ठाउँहरु भासिदा तीन घर पूर्ण रुपमा क्षति भएका र पन्ध्र घर उच्च जोखिममा रहेकोले तत्काल उद्धार गरि वेसी झारिएको प्रहरीले जनाएको छ ।
बर्षाका कारण यातायातका साधनहरु प्रयोग गर्न नसकिएकाले शुक्रवार बिहानै पैदलै पहिरो जोखिमस्थल गएको प्रहरीसहितको टोलीले ३९ जना महिला र ३२ जना पुरुषलाई हुप्सेकोट गाउँपालिका वडा नं. १ को बेलुवामा रहेको जनता माविमा शुक्रवारै राती ल्याईपुर्याई बसोबासको प्रवन्ध मिलाएको हो ।
उक्त बस्तीमा उद्धार गर्नुपर्ने जम्मा १ सय २७ जना रहेका भएपनि पशुचौपायाको स्याहारसुसारका लागि बस्ने भन्दै आउन नमानेपछि ५६ जना त्यही वसेका नवलपुर प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
एसपी मल्लका अनुसार बस्ती उच्च जोखिममा परेकाले प्रहरी, शसस्त्र प्रहरी सहितको टोली बस्तीमै पुगेर पशुचौपायालाई नजिकैको सुरक्षित गाउँमा काम गर्ने हेरालु सहित ब्यवस्था मिलाएर सबैलाई बेसीमा स्थानान्तरण गराउन खोजेको तर उनीहरुले नै नमानेपछि छोडिएको हो ।
उद्धार गरि ल्याईएका नागरिकलाई तत्कालका लागि गाउँपालिकाले खाद्यान्न लगायतको प्रवन्ध मिलाउनुका साथै उनीहरुको स्वास्थ्य परिक्षण लगायतको सेवा प्रवाह गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताईन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->