काठमाडौं, ३ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे । उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । विपक्षमा ८३ मत, मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।





