पोखरा, ४ साउन– रौतहटको मौलापुर नगरपालिका ५ मा सिक्सर पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मोतिहारीग्राम बिजबनी विहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव र अन्य ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
रौतहट प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले विआर ०५ एपि ४०१६ र विआर ०५ ई ६४३४ नम्बरको मोटरसाइकल जाँच गर्दा ४०१६ मोटरसाइकलका चालक देवेन्द्रको साथमा पेस्तोल फेला परेको हो ।
पेस्तोल फेला पारेपछि दुवै मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । मौला देखि कलैया जाने सडकबाट उनीहरुलाई पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।





