बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जापान लान्छु भन्दै फेसबुकबाट ठगी गर्ने ३ महिला सहित एक पुरुष पक्राउ

जापान लान्छु भन्दै फेसबुकबाट ठगी गर्ने ३ महिला सहित एक पुरुष पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७८, सोमबार

पोखरा, ४ साउन–सामाजिक संजाल फेसबुक मार्फत जापान पठाउँने बहानामा ठगी गर्दै आएका ४ जनालाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ ।

फेसबुकमा टानाकायोका नामक आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाइ आफु जापानको ईमिगेरेसनमा काम गर्ने जापानी नागरिक भन्दै ठगी गर्दै आएका ३ महिला सहित १ पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

जापान जानका लागि वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भन्दै प्रलोभनमा पारी विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउँदै आएकी हेटौडा घरभई काठमाण्डौँ नयाँ बजार बस्दै आएकी ३७ वर्षीया शुभद्रा परियार, इलाम घरभई नयाँ वानेश्वर बस्दै आएकी ३३ वर्षीया पुजा राई, भक्तपुर बासँवारी ७ की २१ वर्षीया दिपिका केसी र सिन्धुपाल्चोक घरभई काठमाण्डौँ बस्दै आएका ३३ वर्षीय राजेन्द्र ढकाललाई प्रहरी पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बैंकमा ३९ लाख ६८ हजार ९९६ रुपैँया डिपोजिट गर्न लगाई सम्पर्क विहिन भएका थिए । उनीहरुबाट ठगि भएको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->