शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बागलुङका सपुत र गायीका दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

बागलुङका सपुत र गायीका दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७८, बिहिबार

पोखरा, ७ साउन– सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको हो । गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले कलाकारद्वयलाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ । यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट लोकप्रिय गायक सपुत र गायिका दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->