बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जसपा अध्यक्ष यादव भन्छन् : गेटमा ताल्चा लगाएका छैनौं

जसपा अध्यक्ष यादव भन्छन् : गेटमा ताल्चा लगाएका छैनौं


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७८, सोमबार

काठमाडौं, ११ साउन – जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । निर्वाचन आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गरेर विवादको निरूपण गरेको हो ।
आयोगले ५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये ३४ जना उभिएको पक्ष अध्यक्ष उपेन्द्र यादवलाई जसपाको आधिकारिक पक्षको मान्यता दिएको छ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि अध्यक्ष यादवले केही व्यक्तिहरू बाहिरिने तर जसपा विभाजन नहुने बताएका छन् । उनले पार्टीमा आएर काम गर्न कसैलाई पनि रोक नलगाइने प्रतिक्रिया दिए । जसपा पार्टीले आधिकारिकता पाएको हो, फुटेको छैन । केही व्यक्तिहरू जान सक्नुहुन्छ,ु जसपा विभाजन हुन लागेको हो भन्ने प्रश्नमा यादवको जवाफ थियो, ुयसलाई फुट भन्न मिल्दैन । हामीहरूले पार्टीको गेटमा ताल्चा लगाएर राखेका छैनौं ।
जसपाको संसदीय दल एक ठाउँमा रहेको भन्दै यादवले पार्टी विभाजन नहुने दाबी गरे । अहिले सबै सांसद जसापाकै पक्षमा हुनुहुन्छ, उनको भनाइ थियो ।
ठाकुर पक्षले यादवको पार्टी अप्ठ्यारोमा पर्दा तत्कालीन राजपाले एकता गर्ने प्रस्ताव स्वीकार गर्दै साथ दिएको तर अहिले आफूहरूलाई पार्टीविहीन बनाएको आरोप लगाएका छन् । उनीहरूले यादवले उक्त गुन बिर्सिएको भनेका छन् । तर, यादवले भने पार्टीका नीति र विधि उल्लंघन गर्दै केपी ओली सरकारका सबै असंवैधानिक कदमलाई साथ दिएपछि अहिलेको अवस्था आएको बताए ।
निर्वाचन आयोगले जसपाको ठाकुर पक्षलाई अर्को पार्टी गठन गर्नका लागि समय दिने निर्णय गरेको छ । ठाकुर पक्ष भने अर्को पार्टी गठन गर्ने कि आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भन्ने दोधारमा छ । आयोगमा जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिँदा १६ जनामात्र ठाकुरको पक्षमा सनाखत गर्न पुगे । त्यस्तै, एकजना तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->