काठमाडौं, १३ साउन– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९ सय २२ गर्दा १ हजार २ सय ६ मा संक्रमण देखिएको छ । कुल १५ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमण दर विस्तारै उकालो लाग्दै गएको मन्त्रालयले जनाएको छ ।




