बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

नक्कली सुन बेच्न खोज्नेहरु पक्राउ

नक्कली सुन बेच्न खोज्नेहरु पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७८, बिहिबार

पोखरा, १५ साउन– कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
उनीहरुबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार,पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल,सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी,चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार रहेका छन् ।
उनीहरुबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->