बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • साउन १५ २०७८, शुक्रबार

म्याग्दी, १५ साउन– जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रबार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् ।
ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटना हुदाँ जिपमा सवार एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका हुन् ।
दुर्घटनामा परि धवलागिरि गाउँपालिका–७ ताकमका २७ बर्षिय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । उनका अनुसार, सडकबाट खसेको जिप करिब ४ मिटर तल सल्लाको बोटमा अड्किएको थियो । जिपमा चालक सहित ९ जना सवार रहेकोमा सडकबाट जिप पल्टीँदा उछिटिएका सुनारको दुई सय मिटर तल भिरमा शब फेला परेको प्रहरीले जनाएको छ ।
जिपभित्रै रहेका अन्य सबै घाईते भएको र उनीहरुको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारको लागि बेनी ल्याइएकोे प्रहरीले जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।
प्रारम्भीक अनुसंधानका क्रममा ओरालोमा ब्रेकफेल भएर जिप दुर्घटनामा परेको बुझिएकोे र थप अनुसंधान भैरहेको राईले बताए । सडकबाट पल्टीएको जिप सल्लाको बोटमा अड्किएको र भिरमा खस्नबाट जोगिएकाले जिपमा सवार अन्यको ज्यान जोगिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->