बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

३४ बुँदे माग राखेर शिक्षकहरु अनसनमा

३४ बुँदे माग राखेर शिक्षकहरु अनसनमा


  • ढोरपाटन सम्वाददाता
  • साउन १५ २०७८, शुक्रबार

बागलुङ, १५ साउन– शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत बिषयसहित पेशागत हितको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले शुक्रबार दिनभरी बागलुङका सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा रिले अनसन गरेका छन् ।
उनीहरुले शिक्षकलाई निजामती कर्मचारी सरहका सेवासुविधा दिनुपर्ने मागसमेत गरेका छन् । महासंघको नेतृत्वमा ३४ बुँदे माग राखेर गत बैशाख २० गतेदेखि जारी विभन्नि आन्दोलनको दोश्रो चरणअन्र्तगत शुक्रबार रिले अनसन गरिएको महासंघका अध्यक्ष उमाकान्त पौडेलले बताए ।
कोरोना संक्रमणको कारण देखाएर उनीहरुले थोरै मानिस जम्मा हुन सबै पालिका र समन्वय इकाईमा आन्दोलनका कार्यक्रम लगेको बताए । साथै, रिले अनसन गरेकोले कोरोना जोखिमबाट बच्न सकिने उनीहरुको धारणा थियो । सानो आकारको आन्दोलनको माग माग पुरा नभए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने पौडेलले बताए । उनीहरुले भौतिक उपस्थितिमै गर्ने ठूला र कडा कार्यक्रम गर्न बाध्य नपार्न पनि आग्रह गरेका छन् ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको धर्ना तथा अनसनमा ३४ बुँदे माग इकाई प्रमुख तथा पालिका तहमा शिक्षा अधिकारीलाई हस्तान्तरण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->