शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेनीमा कोभिडबिरुद्ध खोपको बिद्युतीय परियोजना सुरु

बेनीमा कोभिडबिरुद्ध खोपको बिद्युतीय परियोजना सुरु


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार

म्याग्दी, १६ साउन – म्याग्दीको बेनी नगरपालिकामा कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने नमुना परियोजना सुरु भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागको अगुवाई तथा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक तथा प्राबिधिक सहयोगमा सो अभियान सुरु गरिएको हो ।
अभियानले पहाडी जिल्लामा बसोबास गर्ने नागरिकलाई कोभिड बिरुद्धको खोपको सहज पहूँच पुरयाउन सहयोगी हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
गण्डकी प्रदेशमा नै बेनी नगरपालिकालाई अभियानका लागि छनौट गरेकोमा सबैलाई धन्यवाद समेत दिए ।
खोपलाई बिद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकिकृत स्वास्थ्य सूचना व्यवथापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले नविनतम प्रबिधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने बताए । उनले कार्यक्रमको परिचय उद्देश्य लगायतका बिषयमा जानकारी गराए ।
कार्यक्रममा बोल्दै युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले कोभिड बिरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान शुरु गरिएको जानकारी दिदै सात वटै प्रदेशका एक/एक पालिकामा यो अभियान शुरु भएको बताए ।
लुम्विनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भईसकेको जानकारी गराउदै अर्यालले गण्डकी प्रदेशमा पनि यो अभियान सफल हुने बिश्वास व्यक्त गरे । अर्यालले बिद्युतीय कार्यक्रम संचालन प्रक्रिया र नागरिकको सहज पहूँचका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख संजु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत बिजया पराजुली लगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रम मार्फत कोभिड बिरुद्धको खोप संचालन गर्दा हुने सहजता तथा फाईदाका बारेमा आआफ्ना भनाई राखेका थिए ।
सो अवसरमा नगरपालिकाले यो कार्यक्रमलाई देश मै उत्कृष्ट रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->