बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लागूऔषध कारोबारी गिरोह पक्राउ

लागूऔषध कारोबारी गिरोह पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

पोखरा/ प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कास्कीबाट खटिएको टोलीले पोखरा १ बगर बस्ने ४९ वर्षीय अर्जुुनकुमार गुरुङसहित भैरहवा बस्ने रमेश गुप्ता भनेर चिनिने प्रकाश बानियाँ तथा बुटवल मैनाबगर बस्ने ३४ वर्षीया शुभादेवी हरिजनलाई पक्राउ गरेको हो ।
गुरुङलाई पक्राउ गरी कानुनी कारवाही गरिरहँदा उनले भैरहवा र बुटबलबाट लागूऔषध पोखरा भित्र्याउने सूचना पाएपछि गिरोह नै पक्राउ गर्न प्रहरी सफल भएको हो । गुप्ता र हरिजनलाई बिहीबार पक्राउ गरिँदा उनीहरुको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->