शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘लाइफलाइन’ बाटो ध्वस्त, दर्जन पुल फेरि बनाउनुपर्ने !

‘लाइफलाइन’ बाटो ध्वस्त, दर्जन पुल फेरि बनाउनुपर्ने !

बाढी, पहिरोले जिल्लाभरका १७ वटा झोलुंगे पुलमा क्षति पु¥याएको छ । जसमध्ये ११ वटा पुलमा फेरि बनाउनुपर्ने गरी क्षति पुगेको छ ।


  • विकास मगर
  • साउन २६ २०७८, मंगलबार
बाढी, पहिरोको क्षतिबारे स्थलगत निरीक्षणमा गएको सिडिओसहितको टोली । तस्वीर सौजन्यः विष्णु लामिछाने

पोखरा/ मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पु¥याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्क विच्छेद बन्न पुगेको छ ।

मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङसार जोड्ने सडकमा ठाउँठाउँमा बाढी, पहिरोले क्षति पु¥याएको छ । ती क्षतविक्षत सडक तत्काल मर्मत गरेर खुलाउन नसकेमा केही समयमा नै मनाङले खाद्य संकट व्यहोर्ने एक अध्ययनले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालय प्रमुख विष्णु लामिछानेको संयोजकत्वमा गठित समितिले असार २५ र २६ गते नासों गाउँपालिका र २९ गते डिस्याङ गाउँपालिकाका क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दैै अध्ययन प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन गृह सचिवलाई समेत बुझाइसकिएको छ ।

स्थलगत निरीक्षणपछि तयार पारिएको उक्त प्रतिवेदनमा बाढी, पहिरोले जिल्लामा पु¥याएको क्षति र वर्तमान अवस्थाबारे खुलाइएको छ । प्रतिवेदनले जिल्लाका नासों, चामे र निस्याङ गाउँपालिकाका विभिन्न बस्ती, विद्यालय र सरकारी कार्यालयका भौतिक संरचनामा क्षति पु¥याएको उल्लेख छ ।

१७ झोलुंगे पुलमा क्षति, ११ पुनर्निर्माण गर्नुपर्ने

गृह सचिवलाई बुझाइएको उक्त प्रतिवेदनअनुसार बाढी, पहिरोले जिल्लाभरका १७ वटा झोलुंगे पुलमा क्षति पु¥याएको छ । जसमध्ये ६ वटा पुललाई सामान्य मर्मतमात्रै गरे पुग्छ भने बाँकी ११ वटा पुललाई भने पुनर्निर्माण नै गर्नुपर्ने गरी क्षति पु¥याएको छ ।

पूर्वाधार विकास कार्यालय मनाङले अध्ययन टोलीलाई दिएको जानकारीअनुसार पुलमा सबैभन्दा बढी क्षति व्यहोर्नेमा नासों गाउँपालिका छ । उक्त गाउँपालिकामात्रै वटा पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ७ वटा पुललाई मात्रै पुनर्निर्माण नै गर्नुपर्ने गरी बाढी, पहिरोले क्षति पु¥याएको छ ।

प्रतिवेदनअनुसार चामे गाउँपालिकाका ५ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । जसमध्ये ४ वटा पुनर्निर्माण र एउटा पुललाई मर्मत गरिनुपर्ने अध्ययन टोलीले सुझाव दिएका छन् । मनाङकै निस्याङ गाउँपालिकाको एउटा झोलुंगे पुलमा मर्मतमात्रै गरे पुग्ने गरी बाढी, पहिरोले क्षति पु¥याएको छ ।

बाढी, पहिरोले क्षतिग्रस्त ती झोलुंगे पुललाई तत्काल आवश्यकताअनुसार मर्मत र पुननिर्माण गर्नसमेत अध्ययन टोलीले सुझाएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘झोलुंगे पुलको पुनर्निर्माण र मर्मत कार्यका लागि सस्पेन्स ब्रिज डिभिजन पुल्चोक, ललितपुर, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशसँग समन्वय गरी यथासिघ्र पुनर्निर्माण एवं मर्मत कार्य अगाडि बढाउनुपर्ने देखिन्छ ।’

जिल्लाको प्रतिवेदनपछि गृहको अध्ययन

जिल्ला प्रशासनको नेतृत्वमा मनाङका बाढी, पहिरोको क्षतिबारे गरिएको स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएपछि नेपाली सेनाले पनि अध्ययन गरेको छ । तर, उक्त अध्ययन अझै सार्वजनिक नगरेको सिडिओ विष्णु लामिछाने बताउँछन् ।

‘यहाँबाट गृह सचिवलाई हामीले गरेको स्थलगत अध्ययन प्रतिवेदन बुझाएपछि त्यता (गृहमन्त्रालय) बाट पनि स्थलगत अध्ययनका लागि नेपाली सेनाको नेतृत्वमा टोली पठाउनु भएको थियो,’ सिडिओ लामिछानेले भने, ‘उहाँहरुको अध्ययन प्रतिवेदनले के भन्छ त्यसपछि अर्को योजना बनाउन सजिलो हुन्छ ।’

सिडिओ लामिछानले शनिबारमात्रै ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल लगायतको टोली बाढी, पहिरोले क्षतिग्रस्त ठाउँको स्थलगत निरीक्षण गरेकाले चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरे । उहाँहरुसँग सडक, खानेपानीदेखि विद्युतसम्मका विज्ञहरुको टोली पनि आउनु भएको थियो,’ उनले भने, ‘उहाँहरुमा संवेदनशिलता र तत्परता देखिएको छ । छिट्टै समस्याको सम्बोधन होला !’

जेठको दोस्रो साता र असारको सुरुमै आएको बाढी, पहिरोले जिल्लामा मानवीय क्षति नपु¥याएपनि अर्बौं मूल्यको भौतिक संरचनामा क्षति पु¥याएको सिडिओ लामिछानेले बताए । ‘कहाँ कति क्षति भयो भन्ने एकीन अध्ययन र तथ्यांक अझै प्राप्त भइसकेको छैन । तर, सामान्य रुपमा अनुमान गर्दा पनि जिल्लाले अर्बौंको भौतिक नोक्सानी व्यहोरेको छ,’ उनले भने ।

तालगाउँ ७० र चामेबेंशीसहर सडकखण्ड ८० प्रतिशत पूर्ण क्षति

असारको पहिलो दिननै मस्र्याङ्दीमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति तालगाउँले व्यहारेको छ । नासों गाउँपालिका १ मा पर्ने उक्त तालगाउँ बजारमा अहिले पनि मान्छे बस्न सक्ने स्थिति छैन ।
उक्त बस्तीमा बाढीले ७० प्रतिशतभन्दा बढी पूर्ण क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ । बाढी, पहिरोको जोखिम नघटेकाले उक्त ठाउँमा पुनः बस्ती बसाल्न सकिने स्थिति नरहेकाले स्थानान्तरण नै गर्नुपर्ने देखिएको सिडिओ विष्णु लामिछानेको भनाइ छ ।

‘बस्तीमा बाढी पसेर ७० प्रतिशतभन्दा बढी घरमा पूर्ण क्षति पु¥याएको पाइयो । बाँकी बचेका घरमा पनि उत्तिकै जोखिम छ,’ ढोरपाटनसँग लामिछानेले भने, ‘बस्ती नै स्थानान्तरण गर्ने गरी छलफल चलिरहेको छ । तर, गृहमन्त्रालयको सुझाव पर्खिरहेका छौं ।’ उक्त बस्तीको वस्तुस्थितिबारे नेपाली सेनाले अध्ययन गरेर गएको उनले जानकारी दिए ।

प्रतिवेदनले बाढी, पहिरोले जिल्लाका धेरै सडक नै क्षतविक्षत पारेको देखाएको छ । मनाङलाई बाह्य जिल्लासँग जोड्ने सडक सञ्जाल चामेबेंशीसहर सडकखण्डको ८० प्रतिशत भाग पहिरोले क्षतविक्षत पारेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला सदरमुकाम चामेसँग जोड्ने स्टिल र झोलुंगे पुल दुवै किनारामा क्षति पु¥याएकाले पुल नै प्रयोगविहीन भएको प्रतिवेदनमा उल्लेख छ । ‘नासों गाउँपालिकाका विभिन्न पावर हाउस र लघुविद्युत जलविद्युत आयोजनामै बाढी पहिरोले क्षति पु¥याएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विद्युत विस्तारका लागि गाडिएका अधिकांश पोल सडकसँगै बग्दा केन्द्रीय प्रशारण लाइनसमेत अवरुद्ध भएको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->