बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकीका ५ हजार जनप्रतिनिधी र कर्मचारीलाई प्रशिक्षण

गण्डकीका ५ हजार जनप्रतिनिधी र कर्मचारीलाई प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७८, मंगलबार

पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले हालसम्म ४ हजार ९२७ जना कर्मचारी र जनप्रतिनिधिहरुलाई तालीम दिएको छ ।

२०७६ फागुनदेखि काम थालेको प्रतिष्ठानले क्षमता अभिवृद्धिको साथसाथै जनप्रतिनिधिहरुको लागि स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व सुधारलगायतका विषयमा प्रशिक्षण दिएको हो । प्रतिष्ठानले तालीमको प्रभावकारीताको मूल्याङ्कन पनि गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेका अनुसार प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रादेशिक सुशासन केन्द्रमार्फत् सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना निर्माण तथा प्रशिक्षण अवधारणा बनाएर प्रशिक्षण हुँदै आएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन–प्रतिष्ठानले ५वर्षे रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताए ।

कार्यकारी निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका लागि क्षमता विकासका कार्यक्रम गत आर्थिक वर्षमा सुरु गरिएको बताए । स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व सुधार कार्ययोजना सम्बन्धी प्रशिक्षण सामग्रीसमेत तयार भइसकेको उनको भनाइ छ । प्रतिष्ठानले सोमबारमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->