रुपन्देही, २७ साउन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । आजै दिउसो उनीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।





