बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैंकिङ कसूर मुद्दा लागेकी फरार शोभा पक्राउ

बैंकिङ कसूर मुद्दा लागेकी फरार शोभा पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७८, शुक्रबार

म्याग्दी, ४ भदौ–बैंकिङ कसुर मुद्दामा अदालतले ६ महिना कैद सुनाएपछि फरार रहेकी शोभा घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
वेनी नगरपालिका २ की २९ वर्षिया घिमिरेलाई प्रहरीले विहिवार पक्राउ गरेको हो ।

जिल्ला अदालत म्याग्दीले बैंकिङ कसुर सम्बन्धि मुद्दामा घिमिरेलाई ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैँया जरिवाना ठहर गरेको थियो । फरार रहेकी उनलाई उनकै कोठाबाट प्रकाउ गरेको प्रहरीले बताएको छ ।

उनलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->