बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

टिकट काटेर भिडभाड गर्दै महानगर

टिकट काटेर भिडभाड गर्दै महानगर


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७८, सोमबार

पोखरा/ पोखरा महानगरपालिका १८ ग्यारजातिमा रहेको शहिद पार्कमा टिकट लिएर खुल्ला गरिएको छ । आइतबार प्रति व्यक्ति १० रुपैयाँका दरले टिकट लिदै पार्क खुल्ला गरेको हो । शनिवार मात्रै करिब ३ सय बढि सर्वसाधाण टिकट काटेर पार्क घुम्न पुगेका थिए । कोरोना महामारीको समयमा जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न भन्दै निषेधाज्ञा जारी गरिरहँदा शहिद पार्क भने खुल्ला गरिएको हो । टिकट काट्न बसेका कर्मचारीले ३ सय बढि सर्वसाधारण घुम्न आएको बताए । उता जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले भने गैरजिम्मेवारी जवाफ दिए । प्रमुख जिल्ला अधिकारी गौतमले सूचना प्राप्त गरेपनि कुनै कारबाही गरेनन् ।
‘आजलाई छाडिदिऔं भोलिबाट हेरौला’उनले भने । यस्तै प्रवक्ता हमाललाई बारम्बार फोनमार्फत जानकारी दिदाँ समेत हेरौंँला भन्दै तर्किए । पोखरामा हरेक दिन १ सय देखि ३ सयसम्मको हारहारीमा संक्रमित बढिरहेका छन् । तर, कोरोनालाई पाखा लगाउँदै पार्क खुल्ला गरिएको हो ।

आइतबार मात्रै कोरोनाबाट पोखराका ३ जनाको मृत्यु भएको छ भने १ सय ७५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->