बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

लेखनाथ जेसीजले स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गर्ने

लेखनाथ जेसीजले स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

लेखनाथ/ लेखनाथ जेसीजले बिहीबारदेखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर कार्यक्रम गरिने क्लबले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत १० गते बिहीबार खाद्यान्न तथा स्टेसनरी वितरण गरिएको थियो । ११ गते शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम, १२ गते शनिबार मैत्रिपुर्ण फुटसल प्रतियोगिता, १३ गते आईतबार माक्स लगाउन प्रेरीत गर्ने उद्धेश्यले जनचेतना कार्यक्रम गरिने मूल संयोजक जेसी कृष्ण तिवारीले जानकारी दिए ।

१४ गते सोमबार माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, १५ गते मंगलबार रक्तदान कार्यक्रम र अन्तिम दिन १६ गते बुधबार पुरस्कार वितरण कार्यक्रम गर्दै समापन गरिने क्लबले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->