बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

लायन्स पोखरा लेकसिटीद्धारा नयाँ सदस्यको स्वागत

लायन्स पोखरा लेकसिटीद्धारा नयाँ सदस्यको स्वागत


  • ढोरपाटन संबाददाता
  • भाद्र १३ २०७८, आइतबार

पोखरा/ लायन्स क्लब अफ पोखरा लेकसिटीले क्लबका नयाँ सदस्यहरुलाई स्वागत गरेको छ ।

सेवा भावसहित अरुण कायस्थ,सुदीप प्रधानाङ्ग,मोहनसिंह लालचन, अनिल ताङ्वे र सुशिन लामा लायन्य लेकसिटीसँग जोडिएका हुन् । लेकसिटी पोखराको परानो र सक्रिय लायन्स क्लब हो । क्लबका अध्यक्ष कैलाश पालिखेसहित लायन्स क्लब अफ नेपाल ३२५ बि का पूर्व मल्टिपल चियरपर्सन दीपक श्रेष्ठ, लायन्स लेकसिटीका मुख्य सल्लाहकार राजेन्द्रकुमार लालचन, संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठसहितले नयाँ सदस्यहरुलाई खादा र मालाले स्वागत गरेका हुन् ।

कार्यक्रममा नयाँ सदस्यहरुमध्ये अरुण कायस्थको व्यक्तित्वबारे संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठ, सुदीप प्रधानाङ्गको पूर्वअध्यक्ष टोपबहादुर थापा र मोहनसिंह लालचन, अनिल ताङ्वे र सुशिन लामाको क्लबका प्रथम उपाध्यक्ष सोभितमान बुद्धाचार्यले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ नेपाल ३२५ बि का पूर्व मल्टिपल चियरपर्सन दीपक श्रेष्ठले संकटको बेला सेवा भावसहित सामाजिक काममा जुट्न सदस्यहरुलाई निर्देशन दिए । मुख्य सल्लाहकार राजेन्द्रकुमार बाटाजुले क्लबका गतिविधिहरु समुदाय लक्षित हुनुपर्नेमा बताए । संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले स्थापनाकालको स्मरण गर्दै क्लबले सम्पादन गरेका कामप्रति गर्वं रहेको बताए ।

कार्यक्रम तथा क्लबका अध्यक्ष कैलाश पालिखेले क्लबले वार्षिक कार्यक्रमको खाका तयार पारेको जानकारी दिँदै पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमका रहेका ५४ जना विद्यार्थीहरुलाई आउँदो भदौ १५ गते शैक्षिक सामग्री वितरण गरिने, तीजको अवसरमा क्लबसँग आवद्ध महिलाहरुको लागि विशेष कार्यक्रम आयोजना हुने जानकारी दिए । उनका अनुसार क्लबले पोखरा रंगशाला परिसरमा वृक्षरोपण सम्पन्न गरेको छ भने अन्य रचनात्मक कार्यहरु पनि अगाडि बढाइने छ । क्लबका प्रथम उपाध्यक्ष सोभितमान बुद्धाचार्यका अनुसार बैठकले क्लबका एलसिआइएफ कोअर्डिनेटर विन्दुकमार थापा गण्डकी प्रदेश सरकारको कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->