बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

संक्रामक तथा सरुवा अस्पताललाई सहयोग

संक्रामक तथा सरुवा अस्पताललाई सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

पोखरा/ लायन्स क्लब अफ पोखरा सेती गण्डकीले संक्रामक तथा सरुवा रोग अस्पताललाई कोरोना उपचारका लागि आवश्यक उपकरण सहयोग गरेको छ । विदेश रहेको नेपालीको सहयोगमा ६ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको क्लब अध्यक्ष कल्पना थापाले जानकारी दिइन् ।

कोरोना संक्रमितका लागि आवश्यक ननइन्भेसिभ भेन्टिलेसन ३ थान, बेन्स सर्किट ५० थान, बेन्स सर्किट मास्क ५० थान, अक्सिजन मास्क १५० थान, नासल प्रोन्ज ५० थान रहेको थापाले जानकारी दिइन् । कार्यक्रमकोलागि पोर्टल्यान्ड, अमेरिका निवासी डा. सरोज श्रेष्ठ, डा. रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुबराज श्रेष्ठले १ थान भेन्टिलेसन मेसिन र ३० थान बेन्स सर्किट सहयोग गरेका थिए । जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी (अर्याल) र सीता गुरुङको संयोजकत्वमा १ थान भेन्टिलेसन मेसिन प्राप्त भएको थियो ।

त्यस्तै, बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन के.सी., अमृत के.सी., सी.पी. भट्ट, बेनि ढुंगाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान भेन्टिलेसन मेसिन प्राप्त भएको थियो । अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजकत्वमा त्यहाँका नेपालीहरुबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान, बेन्स सर्किट २० थान प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->