पोखरा – आज निजामति कर्मचारी सेवा दिवस । दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।
दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामती सेवा नियमावलीमा भए पनि सर्वोत्कृष्टबाहेक ४० जना पुरस्कृत हुँदैछन् ।
सरकारले सर्वोत्कृष्ट कर्मचारी फेला नपारेको लगातार पाँचौ वर्ष हो ।






