आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्थगित राष्ट्रिय फुटसल लिग असोज २ गतेदेखि हुने

स्थगित राष्ट्रिय फुटसल लिग असोज २ गतेदेखि हुने


  • विजय नेपाली
  • भाद्र २२ २०७८, मंगलबार

पोखरा – कोरोना महामारीका कारण स्थगित राष्ट्रिय फुटसल लिग आगामी असोजमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको राष्ट्रिय लिगमा ७ प्रदेश सहित १० टिमको सहभागिता रहने छ ।

लिग पोखरामा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आगामी असोज २ देखि २२ गतेसम्म संचालन हुनेछ । एन्फाले मंगलबार टाइसिट समेत सार्वजानिक गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बिच टाइसिट सार्वजानिक गरेको हो ।

लिगमा गण्डकी प्रदेशबाट स्पोर्टस क्यासल र सविन मेमोरियल गरी २ टिमको सहभागिता रहेको छ । यस्तै प्रदेश १ बाट फुटसल ५ धरान, दी राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हव, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब रहेका छन् ।

यस्तै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशबाट गरी लुम्बिनी फुटसल र झरना स्पोर्टस क्लबको सहभागिता रहने छ । लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपंैँया प्राप्त गर्नेछन् ।

टाइसिटका लागि यहाँ क्लिक गरौ  https://the-anfa.com/storage/downloads/Futsal%20league%20fixtures_1631000711.pdf

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->