बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जन्मदिनमा अक्षयकोष

जन्मदिनमा अक्षयकोष


  • ढोरपाटन संबाददाता
  • भाद्र २३ २०७८, बुधबार

पोखरा/ पोखरा २७ स्थित लक्ष्मी आर्दश माविलाई सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले आफ्नो जन्मदिनको अवशर पारेर विद्यालयमा अक्षयकोष तथा विशेष सहयोग गरेका छन् ।

साविक कालिका गाविस १ तथा हाल पोखरा २८ निवासी पूर्व विद्याथी पुष्पराज त्रिपाठीले आफ्नो ३४ औं जन्मदिनको अवसरमा विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष तथा १५ हजार रुपैयाँको विशेष सहयोग गरी एक लाख १५ हजार रुपैयाँ विद्यालयमा आयोजित एक कार्यक्रमबीच सहयोग गरेका हुन् ।

कार्यक्रममा पोखराक २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले होटेलमा गएर गरिने फजुल खर्च बचाएर सामाजिक कार्यमा गरिएको यस किसिमको सहयोगले समाजमा सकरात्मक सन्देश जानेका जोड दिएका थिए । विद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थितीमा सहयोग गरिएको कार्यक्रममा स्थानिय समाजसेवी पाण्डेले सहयोगि व्यक्तिलाई शुभकामना दिएको कार्यक्रममा वि.व्य.स.का सदस्य सत्यराज ढकाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

सहयोगदाता त्रिपाठीले हरेक जन्मदिनमा यसरीनै सहयोग गरेको र यस किसिमको सहयोग गर्न पाउदा आफुलाई आत्मा सन्तुष्टि मिल्ने गरेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गरिरहने कुरा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->