आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस पोखरा महानरको चुनावी प्रक्रिया सुरु

कांग्रेस पोखरा महानरको चुनावी प्रक्रिया सुरु


  • ढोरपाटन संबाददाता
  • भाद्र २४ २०७८, बिहिबार

पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते हुने पोखरा महानगर अधिवेशनको प्रक्रिया सुरु भएको छ ।
निर्वाचन समितिले बुधबार मतदाताको प्रथम नामावली प्रकाशन गरेको छ । सहायक निर्वाचन अधिकृत लोकहरि पौडेलका अनुसार बिहीबार दिउसो ४ बजेसम्म मतदाताको नामावलीमाथि दावी विरोध गर्ने समय दिइएको छ ।

शुक्रबार बिहान १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने छ भने सोही दिन मनोनयन पत्र वितरण र मनोनयन गर्ने कार्यतालिका बनाइएको छ । उम्मेदवारको अन्तिम नामावली पनि सोही दिन साँझ प्रकाशन गरिने छ । भदौ २६ गते विहान ९ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय छ । दावी विरोधपछि सोही दिन विहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भदौ २७ गते बिहान ७ देखि दिउसो ४ बजेसम्म मतदानको लागि समय छुट्याइएको छ ।

पोखरा महानगरको सभापतिमा हालसम्म अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला,युवा नेता मिलन तिवारी एवं पत्रकार ज्योति हमालले उम्मेदारी घोषणा गरेका छन् । अन्य पदमा पनि उम्मेदवारी घोषणा भइरहेको छ । पोखरा नगरमा करिब १४ सय क्षेत्रीय प्रतिनिधि रहेका छन् । यता, असोज १ गते क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनले सभापतिसहित २ उपसभापति, २ सचिव, २ सहसचिवसहित प्रत्यक्ष र समावेशी कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।

यता असोज १ गते क्षेत्रीय अधिवेशन हुँदैछ । क्षेत्रीय अधिवेशनको लागि गाउँ÷नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा क्षेत्र भित्रका पालिकाका कार्यसमिति सभापति र वडा सभापति, सो क्षेत्रका केन्द्रीय कार्यसमितिका वर्तमान र पूर्वपदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदश सभाका सदस्य र उम्मेदवारले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->