आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले जेठ २ मै फर्केको हो : नेता पाण्डे

एमाले जेठ २ मै फर्केको हो : नेता पाण्डे


  • Dhorpatan News
  • भाद्र २४ २०७८, बिहिबार

पोखरा/ एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी २०७५ जेठ २ कै अवस्था फर्केको जिकिर गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति फुटबाट जोगाउन गरिएको र पार्टी जेठ २ को अवस्थामा फर्कन नसक्ने उद्घोष गरेपनि पाण्डेले चाहिँ सहमतिपछि माधव नेपालले पार्टी छाड्नु गलत भएको जिकिर गरे ।

पाण्डेले अन्तिम समयमा माधव नेपालको साथ छाडेर मुल पार्टीमै रहेका हुन् । ‘हामीहरु मूलभूत रुपमा २ जेठमै फर्केका छौं’, प्रेस चौतारी कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यस अगाडि उहाँहरु(ओली पक्ष)ले राखेका बैठक र निर्णण खारेज गर्ने र हामी(तत्कालीन माधव नेपाल पक्ष)ले गरेको भेला लगायतका गतिविधि अन्त्य गर्ने सहमति हो ।’

उनले माओवादीबाट आएका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले उनीहरुलाई स्थायी समितिमा ल्याइएको पनि बताए । उनले उही विचार र दृष्टिकोण बोकेर नयाँ पार्टी खोल्नुको औचित्य नभएको बताए ।

नेता पाण्डेले दोस्रो पुस्ताका नेताहरुको कमजोरीले एमाले विभाजन भएको जिकिर पनि गरे ।शीर्ष नेताहरुको पछि लाग्नु नै आफूहरुको कमजोरी भएको उनको टिप्पणी छ ।

‘दोस्रो तहका नेताहरु शीर्ष नेताहरुको पछाडि लाग्नु नै कमजोरी भयो भन्ने लाग्छ । हामी कोही केपी कम्रेडको पछि नलागेको भए, कोही माधव झलनाथ या वामदेवको पछि नलागेको भए पुरानो जेनेरेसन तर्फ नलगेको भए विभाजन रोक्न सकिन्थ्यो’, उनले भने, ‘पछिल्लो समय हामीले जुन प्रयास ग¥यो यो पोहोर साल गर्नुपथ्र्यो ।’ समग्र पार्टी र समग्र आन्दोलनलाई जोगाउने कुरालाई बेलैमा आफूहरुले नसोचेको पनि उनले स्वीकारे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->