बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पहिरो प्रभावित ठाउँको निरीक्षण

पहिरो प्रभावित ठाउँको निरीक्षण


  • ढोरपाटन संबाददाता
  • भाद्र २४ २०७८, बिहिबार
फाईल तस्विर

पोखरा/ गत भदौ १७ गते परेको भारी वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भयो । उक्त वर्षाकै कारण बागलुङ–पर्वतखण्डमा ठाउँठाउँमा पहिरो गएको छ । पहिरो गएकै कारण सवारी साधन चल्न सकेको छैन ।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले पहिरो छिचोल्दै प्रभावित ठाउँको निरीक्षण गरेका छन् । उनले कुश्मा नगरपालिका ३ भिरमुनिको पहिरोमा परि ज्यान गुमाउने एकै घरका रामप्रसाद शर्माको ७४ वर्षे आमा कौशिला उपाध्याय, ३५ बर्षे श्रीमती भगवती शर्मा, १६ र ११ बर्षे छोरी विमला र विनिता र ९ बर्षे छोरा विनोद शर्माको निधन भएको स्थानको निरिक्षण तथा क्रिया बसेको ठाउँमा पुगेर विपद व्यवस्थापन कोष अन्तर्गको रकम पर्वतका प्रमुख जिल्ला अधिकारीको रोहवरमा मृतक प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै कुस्मा नगरपालिकाकै ११ नं वडा सिल्मि, मानडाँडामा डम्बर बहादुर नेपालीको घर पूर्ण क्षति भइ २ भैसी र ३ बाख्रा पहिरोमा पुरिएको स्थान अबलोकन र सोहि स्थान नजिक मानडाँडामै पहिरोका कारण घरले च्यापिएर दिदीको घरमा आएकी ३५ बर्षे बहिनी दुर्गा पौडेल र ६बर्षे छोरा गणेश पौडेल साथै कुस्मा नगरपालिकाकै अम्बोट पहिरोमा परी ५३ बर्षे फुलमायाँ थापाको निधन भएको र निजका परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।

विभिन्न पहिरोमा ज्यान गुमाउनुहुने सबै मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा मृतकका परिवारमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस् साथै हरेक जनताको दुखमा गण्डकी प्रदेश सरकार रहेको समेत मन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->